Logo

प्रधानमन्त्रीको ठाडो आदेशमा मलाई पक्राऊ गरियोः रामकुमारी झाँक्री



काठमाडौं, ३० माघ । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा पक्राऊ गरिएको बताएकी छिन् । आफूविरुद्ध कुनै किसिमको अभियोग जारी नभएको टिप्पणी गर्दै ठाडो आदेशमा पक्राऊ गरिएको बताएकी हुन् ।

‘मलाई प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राऊ गरिएको हो ,’ ऋषि धमलासँग रेडियो एनआरएनमा नेता झाँक्रीले भनिन् । उनले कसैसँग नडग्ने र नडराउने बताउँदै निरंकुशताका विरुद्ध बोलिरहने बताइन् ।

संवैधानिक संस्थामा रहेकाले जनताको भावना र संविधान विपरित कार्य गरेकाले आफू बोलिरहने बताइन् । उनले भनिन्,‘संवैधानिक संस्थामा रहेर जनता र देशविरुद्ध काम गर्नेहरुविरुद्ध बोल्छु ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक सीमा नाघेर लोकतन्त्रको घाँटी थिचेकाले शितल निवास छाड्न भनेको बताइन् । उनले भनिन्,‘संवैधानिक सीमा नाघेर लोकतनत्रको घाँटी थिच्नेले शितल निवास छाडेर चुनाव लड्न आउनुपर्छ भनेको हुँ ।’

राष्ट्रपति व्यक्ति नभई संस्था भएकाले संस्थाको गरिमा नराख्ने पात्रविरुद्ध बोलेको बताइन् । उनले संवैधानिक राष्ट्रपति संस्था भएकाले त्यसको गरिमाको ख्याल गर्ने बताइन् । तर, पात्र पदको गरिमा नराखी मर्यादा नराख्छ भने त्यसविरुद्ध बोल्न कसैले रोक्न सक्दैन ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot