Logo

अपर तामाकोशी हाइड्रोपावर ३ करोड घाटामा



काठमाडौं, ३० माघ । अपर तामाकोशी हाइड्रोपावरले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको दोस्रो त्रैमासिक विवरणअनुसार कम्पनीलाई ३ करोड १५ लाख ७१ हजार नोक्सान भएको छ ।

कम्पनीको आर्थिक वर्र्षको तुलनामा खुद घाटा भएको हो । अघिल्लो वर्ष सोही अवधिमा कम्पनी २ करोड १५ लाख ७१ हजार नोक्सानमा थियो । यो वर्ष लागत भन्दा १० गुणा धेरै नोक्सानी बृद्धि भएको हो ।

यो चालु आवमा १ करोड १२ लाख रुपैयाँ कम्पनीले लागत गरेको छ । गत वर्ष ११ लाख ११ हजार रुपैयाँमात्र लागत गरेको थियो । नेपाल प्राधिकरणबाट हाइड्रोपावरले २ अर्ब रुपैयाँ अल्पकालिन ऋण लिएको विवरणमा उल्लेख गरिएको छ । यो अवधिसम्ममा कम्पनीले ४० अर्ब ८ करोड ३० लाख रुपैयाँ दिर्घकालिन र २ अर्ब ७५ करोड रुपैयाँ अल्पकालिन रहेको जनाएको छ ।

कम्पनीले ८२ करोड २० लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको चुक्तापुँजी अहिलेसम्म १० अर्ब ५९ करोड रुपैयाँ रहेको विवरणमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्