काठमाडौं, ३० माघ । सिद्वार्थ बैक लिमिटेड र ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पा बीच एक सम्झौता भएको छ । बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धमा दूई कम्पनीबीच सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख–बिजनेस सपोर्ट/पेमेण्ट सोलुसन्स् सुरेशराज महर्जन र ल्याण्डमार्क होटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सि एन पाण्डेले हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले चितवन, पोखरा र काठमाडौंमा रहेको ल्याण्डमार्क होटल,रिसोर्ट एण्ड स्पामा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग मार्फत होटल बसाई सेवाकोभुक्तानी गर्दा ३५ प्रतिशत सम्मको छुट र खाना, बेबरेज तथा कार्यक्रम सेवाकोभुक्तानी गर्दा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।
यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका डिजिलबैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधाहरु तथा क्यासब्याक योजनाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।