Logo

अबदेखि एनआईसी बैकका ग्राहकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्ने सक्ने



काठमाडौं, ३० माघ । एनआईसी एशिया बैंकले अनलाइनबाट नै डेबिट कार्ड ब्लक गर्ने सक्ने सुविधा ल्याएको छ । बैंकले ग्राहकहरुलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी डेबिट कार्ड हराए वा बिग्रिए तथा आपतकालिन अवस्थामा त्यसलाई ब्लक गर्न सक्ने सेवा ल्याएको जनाएको छ ।

ग्राहकहरूलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतुले बैंकले आफ्नो वेबसाइडमा रहेको आइसर्भ डिजिटल सेवामार्फत डेबिट कार्ड ब्लक गर्न सकिने व्यवस्था मिलाएको बताएको छ ।

उक्त आइसर्भ भित्र कार्ड सर्भिसमा क्लिक गरी सेवाग्राहीहरूले आफ्नो यस बैंकमा रहेको खाता सम्बन्धी विवरण उल्लेख गरी भेरीफाई गरेपश्चात् तत्काल स्वचालित रुपमा कार्ड ब्लक हुने व्यवस्था गरिएको बैंकले जनाएको छ । ग्राहकको आवेदन अनुसारको डेबिट कार्ड ब्लक भएपश्चात् बैंकले ग्राहकरूलाई एसएमएस मार्फत खबर गर्ने व्यवस्था समेत रहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्