Logo

बादल ओलीसँग असन्तुष्ट, कुनैपनि बेला विद्रोह गर्नसक्ने



काठमाडौं, १ फागुन । आज २६ औं जनयुद्ध दिवस । तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गते हिंसात्मक जनयुद्ध शुरु गरेको २५ वर्ष पूरा भएको दिन ।

विभिन्न कम्युनिस्ट घटकहरुले जनयुद्ध दिवस मनाइरहेका छन् । तर, नेपाल कम्युनिस्ट पार्टीको सत्तापक्षले जनयुद्ध दिवस मनाएन ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले जनयुद्ध दिवस नमनाएपछि उक्त समूहका पूर्व माओवादी नेताहरु असन्तुष्ट भएका छन् ।

गृहमन्त्री रामबहादुर थापा बादल ओलीसँग असन्तुष्ट भएका छन् । उनले पूर्व माओवादीकै रुपमा आफूलाई भागवण्डा र आफ्ना निकटस्थलाई अवसर हुनुपर्नेमा जोड दिदै आएका छन् । बादल माओवादी जनयुद्धमा प्रभावशाली नेतामध्येका थिए ।

बादलले युवा संघको पुनः संरचनामा समेत असन्तुष्टि जनाएका छन् । उनी निकट युवा संघका नेता कार्यकर्ताले पुनःसंरचनाको कार्यक्रम नै बहिष्कार गरेका थिए ।

ओलीसँग असन्तुष्ट बन्दै गएका बादलले कुनैपनि बेला विद्रोह गर्न सक्ने बुझिएको छ । बादलले निकटस्थसँग यसबारे छलफल समेत गरेका थिए । विश्वस्त स्रोतका अनुसार उनी नेकपाको प्रचण्ड माधव नेपाल समूहका केही नेताहरुसँग नियमित सम्पर्कमा छन् ।

यसअघि बादल पूर्व माओवादी समूह छाडेर कित्ता परिवर्तन गरेर ओली समूहमा गएका थिए । उनले प्रचण्डलाई सार्वजनिक रुपमा जावलाखेलको जु मा लगेर थुन्ने चेतावनी समेत दिएका थिए ।-फाइल तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्