Logo

बाबुरामद्धारा लिखित ‘गुमनाम आमाहरूको कथा’ पुस्तक विमोचन



काठमाडौं, १ फागुन । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईद्धारा लिखित ‘गुमनाम आमाहरूको कथा’ नामक पुस्तक विमोचन भएको छ । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपाका वरिष्ठ नेता अशोक राई, लेखक तुलनारायण साह लगायतले उक्त पुस्तक आज एक कार्यक्रमका बीच विमोचन गरेका हुन् ।

विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफू र डा. भट्टराई अहिले एउटै पार्टीमा नरहेपनि मुद्दाको हिसावले एउटै मोर्चामा रहेको विश्वास दिलाए । उनले भने,‘बाबुराम जी र म अहिले एउटै पार्टीमा छैनौ, तर मुद्दाको मोर्चामा हामी एकै ठाउँ छौँ । हजारौ सहिद, वेपत्ता, मानवीय अनुभूतिले फेरि पनि एकै ठाउँमा आउन प्रेरित गर्छन् ।’ दाहालले संविधानको मुल मर्ममाथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहार गरेको पनि गम्भीर आरोप लगाए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot