काठमाडौं, १ फागुन । गरिमा विकास बैङ्कको शुक्रवार पोखरामा भएको १४ औँ साधारण सभाबाट श्यामप्रसाद बस्याल अध्यक्षमा निर्वाचित भएका छन्। स्याङ्जा जिल्ला गल्याङ नगरपालिका-३ घर भएका बस्याल बैङ्कको स्थापना काल देखी सञ्चालक समितिमा रहँदै आएका थिए। संस्थापक शेयर धनी समूहतर्फ ३ जना र सर्वसाधारण शेयर धनी समूहतर्फबाट ३ जना गरी बनेको ६ जनाको सञ्चालक समितिको पहिलो बैठकले बस्याललाई अध्यक्ष निर्वाचित गरेको थियो।
१४ औँ वार्षिक साधारण सभाबाट संस्थापक शेयर धनी समूहतर्फ सञ्चालकमा श्यामप्रसाद बस्याल, डा आनन्द प्रसाद श्रेष्ठ र दीपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयर धनी समूहतर्फबाट विमल पाण्डे, सञ्जीव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित भएका छन्। ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार चुक्ता पुँजी रहेको विकास बैङ्कको १३.५ प्रतिशत बोनस शेयर वितरण पश्चात् चुक्ता पुँजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ।
साधारण सभाको लागि यहीँ माघ १२ गतेदेखि शेयर धनी दर्ता पुस्तिका बन्द रहेकोमा माघ ११ गते सम्मका यस विकास बैङ्कका सेयर धनीले मात्र साधारण सभाबाट पारित बोनस शेयर प्राप्त गर्नेछन्। काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैङ्कको हाल देशभर १०६ शाखा र ५१ वटा एटिएम सञ्चालनमा छन्।