काठमाडौं, २ फागुन । बैंक अफ काठमाण्डुले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरुको लागि ‘भ्यालेन्टाइन डे’लाई मध्यनजर गर्दै गरगहना खरिदमा विशेष अफर ल्याएको छ । बैंकले ‘भ्यालेन्टाइन डे’ को अवसरमा गरगहना खरिदका लागि इमआई सुबिधा थप गरेको हो ।
‘भ्यालेन्टाइन डे’मा प्रेमीकालाई उपहार स्वरुप विभिन्न गरगहनाहरु दिने चलन छ । यसै अवसरलाई मध्यनजर गर्दै यस बैंकले बालाजी डाइमण्ड, विशाल बजार र बालाजी डाइमण्ड एण्ड ज्वेलर्स, लबिम मलसँगको सहकार्यमा ग्राहकहरुलाई गरगहना खरिदका लागि ईएमआई सुबिधा ल्याएको जनाएको छ ।
ईमआई सुबिधामा ग्राहकहरुले ४० हजारदेखि ५ लाख रुपैयाँसम्मको गरगहना खरिद गर्न सक्ने छन् । गरगहना खरिद गर्ने ग्राहकहरुले १२ महिनासम्मको भुक्तानी अवधि छनौट गर्न सक्ने छन् र १२ महिनाको भुक्तानी अवधिमा ग्राहकहरुलाई २ महिनाको किस्ता छुट हुने बैकले व्यवस्था गर्ने भएको छ ।