Logo

आज प्रणय दिवस, हरिहरलाई नीता ढुंगानाको शुभकामना



काठमाडौं, २ फागुन । आज प्रणय दिवस । आज युवायुवतीहरु प्रेममा रमाउने दिने हो । एक अर्काबीच प्रेम साटासाट गर्ने दिन हो । यता, नेपाली चलचित्रकी चर्चित नायिका नीता ढुंगानाले भने प्रणय दिवसको आजको दिन नायकसमेत रहेका युवा ज्योतिषी हरिहर अधिकारीलाई जन्मदिनको शुभकामना दिएकी छिन् । उनले सामाजिक सञ्जाल फेशबुकमा हरिहरसँगको तस्विर राख्दै भनेकी छिन्–‘ह्याप्पी बर्थडे जी ।’ पछिल्लो समय नायिका ढुंगाना र हरिहरबीच प्रेम रहेको चर्चा चलेको छ । तर, अहिलेसम्म यो जोडीले आफूहरुबीच प्रेम रहेको कुरा सार्वजनिक रुपमा स्विकारेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्