काठमाडौं, २ फागुन । नेपाली बजारमा सुनको मुल्य ओरालो लागेको छ । आज चाँदीको मुल्य भने बृद्धि भएको छ ।
आइतबार सुन प्रतितोला १०० रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा खरिद बिक्रि भएको छ ।
शुक्रबार ९० हजार ९ सय रुपैयाँ प्रतितोलामा सुन कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।