Logo

नशाजन्य पदार्थ खुवाई बेहोस बनाई नगद तथा सुनको सिक्री लुटपाट



बाँके, २ फागुन । नगद तथा सुनको सिक्री लुटपाट गरेको अभियोगमा प्रकाश शाही पक्राउ परेका छन् । नशाजन्य पदार्थ खुवाई बेहोस बनाई पीडितको नगद ३ लाख २० हजार रुपैयाँ र २ तोलाको सुनको सिक्री लुटपाट गरेको अभियोगमा कोहलपुर बस्ने कालीकोट रास्कोट घर भएका ३५ वर्षीय शाहीलाई शुक्रबार राति प्रहरीले पक्राउ परेका हुन् ।

कैलाली चुरे गाउँपालिका–५ खानीडाँडास्थित होटलमा नास्ता खान आएका शाही समेतले माघ २६ गते साँझ होटल संचालक महिलालाई उक्त पदार्थ खुवाई सुनको सिक्री तथा नगद लुटी फरार भएको खबर जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरीले कोहलपुर किरणनालामा शाहीलाई फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्