Logo

‘निकृष्ट स्वार्थका लागि धर्मको दुरुपयोग नगर्न’ नारायणकाजी श्रेष्ठद्वारा ओलीलाई चेतावनी



काठमाडौं, २ फागुन । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘निकृष्ट स्वार्थका लागि धर्मको दुरुपयोग नगर्न’ चेतावनी दिएका छन् । उनले धर्मको दुरुपयोग भइरहेकाले त्यसविरुद्ध आफूहरुले बोलेको बताए ।

‘धर्म र पशुपतिनाथ जस्तो संवेदनशील पक्षलाई निकृष्ट तुच्छ स्वार्थका निम्ति दुरुपयोग नगरियोस्’ नेकपा प्रचण्ड नेपाल समूहले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले प्रधानमन्त्री ओलीलाई चेतावनी दिदै भने,‘संविधानले धर्मनीरपेक्ष भनेपनि जनताको धर्म मान्न पाउने स्वतन्त्रताको पक्षमा हामी संघर्ष गर्छौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै श्रेष्ठले धर्मलाई संकीर्ण राजनीतिक स्वार्थका लागि दुरुपयोग गरेको आरोप लगाए । पछिल्लो समय प्रधानमन्त्री ओलीले धर्मबारे अभिव्यक्ति दिदै विरोधीहरुविरुद्ध आक्रामक भइरहँदा श्रेष्ठको भनाई आएको हो । ओलीले पशुपतिनाथमा संकल्प पूजा गरी जलहरीका लागि बजेट समेत विनियोजन गर्न लगाएका छन् ।

धर्मबारे प्रचण्ड नेपाल समूहका नेताहरुको अभिव्यक्तिलाई तोडमोड गरिएको श्रेष्ठको भनाई थियो । उनले पशुपतिनाथ विश्वभरका हिन्दुहरुको आराध्यदेवको रुपमा लिने र आस्थाको केन्द्र भएकोमा आफूहरुले सम्मान गर्ने बताए । श्रेष्ठले भने,‘पशुपतिनाथबारे नेताहरुको भनाईलाई तोडमोड गरियो ।’

श्रेष्ठले नेपाली जनताको धार्मिक आस्था र स्वतन्त्रताको उच्च सम्मान गर्ने स्पष्ट पारे । उनले त्यसकै लागि संघर्ष गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot