Logo

इन्फ्रास्ट्रक्चर बैंकको शेयर आजदेखि कारोबारमा



काठमाडौं, २ फागुन । नेपाल इन्फ्रास्ट्रक्चर बैकको नेप्सेमा बिहीबार सुचीकृत भएको शेयर कारोबार आजबाट सुरु हुने भएको छ । नेप्सेले शेयरको पहिलो कारोबारको लागि ओपनिङ रेन्ज दिएपछि शेयर कारोबार सुरु हुने भएको छ ।

नेप्सेले न्युनतम मुल्य र अधिकतम मुल्य तोकेपनि कारोबार मुल्य भने खरिद कर्र्ता र बिक्रेताबाट नै निर्धारण हुन्छ । बैंकले नेपालको इतिहासकै ठुलो आईपीओ ८ करोड कित्ता शेयर निष्कासन गरेकोमा सर्वसाधारणको लागि ७ करोड ५८ हजार कित्ता शेयर निष्कासन गरेको थियो । १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्टाएको थियो ।

बैकले माघ २ गते देखि माघ ६ गतेसम्म जारी पुँजी अर्ब रुपैयाँको ४० प्रतिशत हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्कासनमा ल्याएको थियो । हाल १२ अर्ब चुक्तापुँजी रहेको बैंकको आईपीओ बाँडफाँटपछि २० अर्ब पुग्नेछ ।



प्रतिक्रिया दिनुहोस्