Logo

इन्भेष्टमेन्ट बैकको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने



काठमाडौं, २ फागुन् । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । बैकले माघ १६ गते ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्रि खुला गरेको थियो ।

उक्त ऋणपत्र सर्वसाधारणको लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ कित्ता बिक्रि गर्दैछ । बैंकले निष्कासन गरेकोे ऋणपत्रको नाम ‘८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड’ रहेको छ ।

कम्पनीले प्रतिऋणपत्र १ हजार अंकित मुल्यका ४ अर्ब रुपैयाँको ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । बैंकले निष्कासन गर्ने कुल ऋणपत्रमध्ये २ अर्ब ४० करोड रुपैयाँको ४० लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट बिक्रि गर्ने भएको छ । ८० हजार कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ ।

१ अर्ब ६० करोड रुपैयाँको १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि बिक्रि गर्ने भएको हो । उक्त ऋणपत्रमा २५ कित्ता देखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । ऋणपत्र माघको २० गतेसम्म बिक्रि तथा खुल्ला रहनेछ ।

ऋणपत्रको निष्कासन तथा बिक्रि प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानी गर्न इच्छुकहरुले धितोपत्र बोर्डबाट अनुमति पाएका सि आस्बा सेवामा सहभागी बैक तथा वित्तीय संस्थाहरु र उनीहरुले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्