काठमाडौं,२ फागुन । गरिमा विकास बैकको साधारण सभा १४.२१ प्रतिशत लाभांश पारित गरेर सम्पन्न भएको छ । बैंकको सभाले शेयरधनीहरुलाई १३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश गरेर जम्मा १४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
१४ औं वार्षिक सम्पन्न भएको सभामा सञ्चालक समितीको बैठकले सञ्चालक श्यामप्रसाद बस्याललाई अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । त्यस्तै, सभाबाट संस्थापक शेयरधनी समुहतर्फ संचालकहरु श्याम प्रसाद बस्याल, डा.आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समुहतर्फबाट बिमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठकलाई निर्विरोध निर्वाचित भएका छन् ।
३ अर्ब २३ करोड ८६ लाख ८९ हजार चुक्ता पुँजी रहेको विकास बैंकको १३.५ प्रतिशत बोनश सेयर वितरण पश्चात् चुक्ता पुँजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ ।