Logo

मेगा बैंकको सैनामैनाका २ शाखा गाभिने



काठमाडौं, २ फागुन । मेगा बैक लिमिटेडले आफ्ना २ शाखा कार्यालयहरुलाई एकआपसमा गाभ्ने भएको छ । रुपन्देहीको सैनामैनाका एकै स्थानमा २ वटा शाखा कार्यालयहरुलाई एकआपसमा गाम्भे निर्णय गरेको बैंकले जनाएको छ ।

बैकले सैनामैना ३ मुर्गिया र ५ नम्बर वडाको बुद्धनगरमा रहेका शाखालाई गाभेर ५ नम्बर वडाको बुद्धनगरको शाखा कार्यालयबाट सेवा दिने भएको हो । सो शाखाबाट फागुन ९ गतेबाट एकिकृत कारोबार हुने जानकारी बैकले दिएको छ ।



प्रतिक्रिया दिनुहोस्