Logo

महुली लघुवित्तको २१.०५ प्रतिशत लाभाश पारित



काठमाडौं, २ फागुन । महुली लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष ०७६/०७७ को नाफाबाट शेयरधनीलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

माघ २९ गते बसेको संस्थाको संचालक समितिको बैठकले शेयरधनीलाई मुनाफाबाट २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव घोषणा गरेको थियो ।

संस्थाले ३ करोड ७३ लाख २४ हजार रुपैयाँ बराबरको बोनस शेयर र १९ लाख ७९ हजार ५१० रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको जनाएको छ । समितिले गरेको प्रस्तावलाई संस्थाको आगामी साधारण सभाले पारित गरेपछि र नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि मात्र शेयरधनीले उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

२१ प्रतिशत बोनसपछिको कम्पनीको चुक्तापुँजी २२ करोड ३९ लाख रुपैयाँ भन्दा बढी हुने भएको छ । उक्त प्रस्ताव गत वर्षको तुलनामा बराबर हो भने कुल लाभांशदर थोरै हो ।



प्रतिक्रिया दिनुहोस्