वसन्त पंचमी वीणावादिनीमा सरस्वतीको आराधनाको पर्व हो । यस दिन विद्या र बृद्धि प्राप्तीको साथै संकटको नाश गर्न पनि सरस्वती देवीको प्राथना गर्न सकिन्छ ।
बृद्धिमा विकासको लागि वसन्त पंचमीको दिन काली मा को दर्शन गरेर कुनै पनि फल अर्पित गरेर ऊँ ऐ ही क्ली महा सरस्वत्यै नमः मन्त्र जप गर्नुपर्छ ।
संगीत क्षेत्रमा सफल हुने हो भने सरस्वतीको ध्यान गरेर ह्रि वाग्देव्यै ह्रि ह्रि मन्त्र जप गर्नुपर्छ ।
न्यायिक सम्बन्धमा, पति–पत्नी सम्बन्धि विवादमा, स्वास्थ्य सम्बन्धि दुःखको समाधानको लागि दुर्गा सप्तशतीमा वर्णित ‘अर्गला स्तोत्र’ र कीलक स्तोत्रको पाठ गरेर सेतो कपडा दान गर्नाले लाभ हुनेछ ।