एजेन्सी, २ फागुन । दुईवटा म्याच प्वाइन्ट बचाएर जापानकी नाओमी ओसाका अष्ट्रेलियन ओपनको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् । आजको भएको प्रतिष्पर्धात्मक खेलमा स्पेनकी गारबिन मुगुरुजाले ओसाकालाई पराजित गर्ने अवस्था बनिसकेको थियो ।
तर, पूर्व विश्व नम्बर एकले खेलमा फर्कदै मुगुरुजालाई पराजित गरिन् । पहिलो सेट ४-६ ले गुमाएकी उनी दोस्रो सेटमा ६-४ ले फर्किइन् । निर्णायक सेटमा ओसाकाविरुद्ध मुगुरुजाले दुई म्याच प्वान्टको अवसर गुमाइन् । उनले ५-७ ले खेल गुमाइन् ।
यसैगरी, अमेरिकी पूर्व विश्व नम्बर एक सेरेना विलियम्सले बेलारुसकी अरिना सबलन्काविरुद्ध ६-४, २-६ र ६-४ ले जित हासिल गरिन् । दोस्रो सेट गुमाएकी सेरेना खेलमा फर्किन सफल भएकी थिइन् ।