Logo

नेपालबाट रुसमा अवैध चरेश पठाउने व्यक्ति पक्राउ



काठमाडौं, ३ फागुन । नेपालबाट रुसमा अवैध लागूऔषध चरेश पठाउने कार्यमा संलग्न व्यक्तिलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । नेपालबाट रुसमा ५ किलो अवैध लागूऔषध चरेश पठाउने कार्यमा संलग्न रहेको अभियोगमा लमजुङ वेशीसहर १० ठेगाना भएका ५२ वर्षीय टेक बहादुर राउत पुलचोकबाट पक्राउ परेका हुन् ।

उक्त घटना मुद्दामा रुसमा अनुसन्धान भइरहेकोमा रुस सरकारबाट पारस्परिक कानूनी सहायताका लागि लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरमा पत्र पाप्त भएपश्चात थप अनुसन्धान गर्ने क्रममा उक्त व्यूरोबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न राउतलाई ललितपुर, ललितपुर महानगरपालिका(३ पुलचोकमा फेला पारी पक्राउ गरेको जनाएको छ । उनीमाथि लागूऔषध चरेश कारोबार मुद्दामा थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot