Logo

त्रिभुवन विमानस्थलबाट पहेलो धातु सहित एक पक्राउ



काठमाडौं, ३ फागुन । सुन जस्तो देखिने पहेलो धातु सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्रबाट करिब ६ सय ग्राम सुन जस्तो देखिने पहेलो धातु सहित काभ्रेपलान्चोक घर भएका ३१ वर्षीय राजिब लामा आइतबार राति पक्राउ परेका हुन् ।

दुबईबाट काठमाडौं आएका उनलाई जाँच गर्नेक्रममा ब्यागभित्र लाईटमा उक्त धातु फेला पारी प्रहरीले पक्राउ गरेको हो । साथै उनलाई लिन आएका अन्य ३ जनालाई समेत प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot