Logo

लागूऔषध सहित पक्राउ



काठमाडौं, ३ फागुन । अवैध लागूऔषध सहित एक युवा पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट नियन्त्रित लागूऔषध २ सय ९९ एम्पुल नुर्फिन, २ सय ९९ एम्पुल डाईजेपाम र २ सय ९९ एम्पुल प्रोमिथाजिन सहित बारा पर्सौनी गाउँपालिका–३ बस्ने २२ वर्षीय राकेश पटेललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

नागढुङ्गास्थित चेक प्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बीरगजंबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७१७८ को टाटा सुमोलाई जाँच गर्नेक्रममा सुमोमा सवार राकेशलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जानकारी दिएको छ ।

यसैगरी काठमाडौं बल्खु चोकबाट नियन्त्रित लागूऔषध ३६ एम्पुल फेनारगन सहित सोही ठाउँ बस्ने पर्सा बीरगंन्ज महानगरपालिका(२ घर भएका ४० वर्षीय राजु मण्डललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot