काठमाडौं, ३ फागुन । सेन्ट्रल फाइनान्स लिमिटेडले साधारण सभाबाट पारित भएको लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिने भएको छ । कम्पनीको हितग्राही खातामा बैक खाता अद्यावधिक गरेका शेयरधनीहरुको बैक खातामा ३ प्रतिशत लाभांश जम्मा गर्ने भएको हो ।
फाइनान्सले शेयर प्रमाणपत्र अभौतिकीकरण गराइसकेका तर हितग्राही खातामा बैंक खाता अद्यावधिक नगरएका शेयरधनीहरुले चाडै आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराएपछि उनीहरुको नगद लाभांश उक्त खातामा जम्मा गरिदिने जनाएको छ ।
शेयर प्रमाणपत्र धितोमा राखेका शेयरधनीहरुलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र एनएमबि क्यापिटलमा पेश गरेपछि मात्र बैंक खातामा जम्मा गरिदिने फाइनान्सले जानकारी दिएको छ ।