काठमाडौं, ३ फागुन । नेपाल बंङ्गलादेश बैंक लिमिटेडले ललितपुरको खोकनामा एटिएम सेवा विस्तार गरेको छ । बैंकको एटिएम विस्तारको योजनाअनुसार ८१ औं एटिएमको औपचारिक उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठले गरेका हुन् ।
हालसम्म ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर र ८१ वटा एटिएमबाट बैंकले ग्राहकहरुलाई बैकिङ्ग सुविधा दिदै आएको छ ।