Logo

एनआरएनए अध्यक्ष पन्त र आईओएमका नेपाल प्रमुखबीच बैठक



काठमाडौं, ३ फागुन । गैरआवासी नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्त र अन्तर्राष्ट्रिय आप्रावासी संगठनका नेपाल प्रमुख लोरेना ल्याण्डोबीच भेटवार्ता भएको छ । उक्त बैठकमा मुख्यतया द्विपक्षीय हितका विषयमा कुराकानी भएको गैरआवासीय नेपाली संघ सचिवालयले जनाएको छ ।

सचिवालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ,”विशेष गरेर दुवै संस्थाका विच आगामी दिनहरुमा साझा उद्देश्य र बैदेशिक रोजगारमा गएका नेपाली श्रमिकहरुको भलाई तथा अन्य सरोकारका क्षेत्रमा रणनैतिक रुपमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा समेत कुराकानी भयो । उक्त बैठकमा बैदेशिक रोजगार तथा कल्याणकारी विभागका तर्फबाट कार्यक्रम ब्यवस्थापक राजेन्द्र कुमार राउतको समेत उपस्थिति रहेको थियो ।”

 

 



प्रतिक्रिया दिनुहोस्