Logo

किसान लघुवित्तको ३ करोड ७२ लाख मुनाफा



काठमाडौ., ३ फागुन । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाले पुस मसान्तसम्ममा ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७३१.१७ प्रतिशतले धेरै हो । गएको आर्थिक वर्षको उक्त अवधिमा संस्थाले ४४ लाख ७६ हजार रुपैयाँमा मात्र नाफा कमाएको थियो ।

संस्थाले गत वर्षमा भएको खुद आम्दानी ३३९.११ प्रतिशतले बढाएर १७ करोड १० लाख रुपैयाँ बृद्धि गरेको छ । चालु आवमा संस्थाले खराब कर्जा २ करोड २७ लाख रुपैयाँ उठाएको छ । २४ करोड ४४ लाख रुपैयाँबाट बृद्धि गरेर ३ करोड ५७ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ ।

कम्पनीले चालु आवमा १७७.६४ प्रतिशतले बढेर १० करोड ८० लाख रुपैयाँ जगेडा कोषमा सुरक्षित राखेको छ । हाल ३९ करोड २८ लाख रुपैयाँ कम्पनीको चुक्तापुँजी रहेको छ ।
कम्पनीले पुस मसान्तसम्ममा ३ अर्ब ९८ करोड रुपैयाँ सापटी लिएर १ अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन गरेर जम्मा ४ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको विवरणमा उल्लेख गरिएको छ । वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४७ पैसा रहेको भने आम्दानी रहेको लघुवित्तको अनुपात १३५.२० गुणा रहेको छ । संस्थाको प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ५२ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्