काठमाडौं, ४ फागुन । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन तथा बिक्रि खुल्ला गरेको ४ लाख कित्ता आईपीओमा भोली (बुधबार)सम्म आवेदन दिन सकिने भएको छ ।
माघ ३० गतेदेखि निष्कासन तथा बिक्रि खुल्ला गरेको आईपीओमा फागुन ४ गतेसम्ममा आवेदन दिन सक्ने व्यवस्था कम्पनीले गरेको थियो ।
कम्पनीले माघ ३० गतेबाट बिक्री खुला गरेको भए पनि एक दिन सरकारले दिएको सार्वजनिक बिदालाई चार दिन भित्र गणना गरेको छैन् । कम्पनीले सुरुमा फागुन ४ गतेसम्म बिक्री खुला गर्ने सूचना जारी गरेको थियो । पछि उक्त दिन सार्वजनिक विदा परेकाले बुधबारसम्म बिक्री खुला गर्ने कम्पनीले जनाएको छ । माग अनुसार आवेदन नपरेमा फागुन १४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले अगाडीनै जानकारी दिएको छ ।
लघुवित्तले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर बिक्रि खुल्ला गर्ने भएको छ । हाल संस्थाको चालु पुँजी १० लाख रहेकोमा उक्त पुँजीको ४० प्रतिशत हुन आउने ४ करोड बराबरको ४ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो । त्यसमध्ये ०.५ प्रतिशत वा ५ हजार कित्ता शेयर कर्मचारीहरुलाई ५ प्रतिशत वा २० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि र बाकी रहेको ३ लाख ७५ हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । शेयर खरिद गर्न इच्छुकहरुले न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।