Logo

यदु स्मृति पत्रकारिता पुरस्कार पत्रकार गिरीलाई



काठमाडौं, ४ फागुन । यदु गौतम प्रतिष्ठानले यस वर्षको ‘यदु स्मृति पत्रकारिता पुरस्कार’ जाजरकोटका पत्रकार वीरबहादुर गिरीलाई प्रदान गर्ने भएको छ । पुरस्कार छनोट समितिको आज बसेको बैठकले उनलाई पुरस्कार अर्पण निर्णय गरेको हो । समितिका संयोजक सूर्य थापाको संयोजकत्वमा बसेको बैठकले पत्रकार गिरीलाई पुरस्कार दिने निर्णय गरेको समितिका सदस्य सचिव रुद्र खड्काले जानकारी दिए ।

मानवअधिकार, शान्ति स्थापना र दण्डहीनताका पक्षमा कलम चलाउने एक जना पत्रकारलाई हरेक वर्ष सो प्रदान गरिने सो पुरस्कारको राशी रु १५ हजार सहित प्रमाणपत्र रहेको छ ।

गत वर्ष पत्रकार मनिषा केसीलाई सो पुरस्कार प्रदान गरिएको थियो । तत्कालीन नेकपा ९एमाले०का सचिव रहेका युद गौतमलाई रुकुम सदरमुकामबाट चौर जहारी जाने क्रममा २०५६ फागुन २१ गते बाटोमा हत्या गरिएको थियो । पुरस्कार यही फागुन २१ मा वितरण गरिने भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्