Logo

सुनको मुल्यमा २ सयले बृद्धि



काठमाडौं, ४ फागुन । नेपाली बजारमा ५ दिनदेखि निरन्तर रुपमा सुनको मूल्य घटेको थियो । आज भने सुनको मुल्य प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ मा खरिद बिक्रि भएको छ । सोमबार सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

मंगलबार चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ३६० रुपैयाँमा किनबेच भैरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस्