
काठमाडौं, ४ फागुन । नेपालमा कोरोना भाइरसका आज १ सय ५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ९ सय ४५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ९९ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६९ हजार ३ सय ३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।