Logo

ढुंगा प्रहारबाट काँग्रेस नेता एनपी साउद घाइते



काठमाडौं, ४ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउद ढुंगा प्रहारबाट घाइते भएका छन् । उनीमाथि बैतडीको डिलासैनी गाउँपालिका ३ पनसेरामा आज दिउँसो सभा भइरहँदा ढुंगा प्रहार भएको हो । ढुंगा प्रहारबाट उनको खुट्टामा चोट लागेको छ । घटनामा दुईजना काँग्रेस कार्यकर्ता घाइते भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ओली समूहका स्थानीय कार्यकर्ताले साउनमाथि ढुंगो प्रहार गरेको आरोप छ । ओली समूहका कार्यकर्ता मुकेश पालको नेतृत्वमा पुगेको समूहले ढुंगा प्रहार गरेको काँग्रेसले आरोप लगाएको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्