काठमाडौं, ५ फागुन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना पराजित भएको छ । फ्रान्सको पेरिस सेन्ट जर्मेन ९पिएसजी०ले बार्सिलोनालाई ४–१ ले हराएको छ। गएराति बार्सिलोनाको मैदानमा भएको राउण्ड अफ सिक्सटिनको पहिलो लेगको खेलमा पिएसजीले बार्सिलोनामाथि फराकिलो जीत निकालेको हो ।
पीएसजीका लागि किलियन एम्बाप्पेले ह्याट्रिक गर्दा मोइज किनले एक गोल थपे । बार्साका लियोनल मेस्सीले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । पहिलो लेगमा फराकिलो हार भोगेसँगै बार्सिलोना दोस्रो लेगअघि दबाबमा परेको छ । एजेन्सी