Logo

छतबाट लडेर बालकको मृत्यु



सप्तरी, ५ फागुन । घरको छतबाट लडेर २ वर्षीय बालकको मृत्यु भएको छ । मंगलबार साझ ५ बजे डाक्नेश्वरी न.पा.१० बनौला स्थित स्थानिय खुशिलाल मण्डलको २ वर्षीय छोरा दिपक मण्डलको मृत्यु भएको हो ।

खुशिलाल मण्डलको छोरा खेल्ने क्रममा छतमा अचानक लडेर घाइते भएका थिए । उनको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको बाटोमा नै मृत्यु भएको जानकारी पाएपछि कल्यानपुर सप्तरी प्रहरी घटना स्थलमा पुगेको थियो । प्रराम्भिक अनुसन्धान र मृतकको लाश शव परिक्षणका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्