Logo

नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्री सन्तोष प्रसाई नियुक्त भएका छन् । संचालक समितिको माघ २७ गते मंगलबार बसेको ३१५ औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती स्विकृतिको लागि श्री बीमा समितिमा पठाउने निर्णय गरेको छ । संचालक समितिले उहाँको नियुक्तीसँगै कम्पनीले नयाँ उचाइ लिने विश्वस व्यक्त गरेको छ ।

विगत ३.५ वर्षदेखि नेपाल लाइफसँग आवद्ध रहेका सन्तोष प्रसाईले साउन १ गते देखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । यस अघि पनि बीमा क्षेत्रको नियमनकारी निकाय श्री बीमा समितिमा ७ वर्ष लामो अनुभव सम्हालिसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्