Logo

भागरथीको घरमा समाजसेवी साउद



काठमाडौं, ५ फागुन । विश्व हिन्दू महासंघकी वरिष्ठ उपाध्यक्ष तथा समाजसेवी ज्योत्सना साउदले बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टकी आमालाई भेटेकी छिन् । साउद आज भट्टको घरमा पुगेर समावेदना प्रकट गरेकी हुन् ।  उक्त अवसरमा साउदले भागरथीकी आमालाई लुगासमेत प्रदान गरेकी थिईन् । भागरथीको हत्या आरोपित स्थानीय दिनेश भट्टलाई प्रहरीले आज सार्वजनिक गरेको छ । प्रहरीसँगको बयानमा उनले भागरथीको आफूले नै हत्या गरेको स्विकार गरेका छन् ।

साउदले यसअघि पनि सामाजिक सञ्जालमा भागरथीको हत्या घट्नाले आफूलाई स्तब्ध बनाएको उल्लेख गर्दै उक्त घट्नामा सम्बन्धित निकायले निश्पक्ष ढंगले छानबिन गरी दोषीमाथि कडा कारबाही होस भन्ने अपेक्षा राखेकी थिईन् । साथै, उनले भागरथीको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समबेदना प्रकट गरेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्