Logo

पार्टी कार्यालय सानेपामा देउवा र पौडेल पक्षको छुट्टाछुट्टै बैठक



काठमाडौं, ५ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज अपरान्ह २ बजे बस्ने भनिएको थियो । तर, अहिले पाँच बजिसक्दापनि बैठक सुरु हुन सकेको छैन् । पार्टी कार्यालयमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवै पक्षको बैठक छुट्टाछुट्टै बसिरहेको बैठकमा सहभागी एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । ती नेताका अनुसार पार्टीको १४औं महाधिवेशनको मितिको विषयमा कुरा मिल्न नसक्दा बैठक सुरु हुन नसकेको हो । अहिले सभापति देउवा र वरिष्ठ नेता पौडेल आफ्नो पक्षका नेताहरुसँग आन्तरिक छलफलमा छन् । आजको बैठकमा आगामी महाधिवेशनको मिति तय गर्ने र संसद विघटनविरुद्ध सशक्त आन्दोलन चर्काउने विषयमा निर्णय हुने एक नेताले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्