Logo

भाइ बद्नाम कमाउनु पर्छ



डा . बिष्णु मुर्ती भट्टराई

म सानो छ्दा सुन्थे बाबु नाम कमाउनु पर्छ
अचम्मै छ तर अचेल सुन्छु भाइ दाम कमाउनु पर्छ

कर्म गर फलको आशा नगर भन्ने कुरा पुरानो भो
बलिया लाइ खुशी पार भाइ इनाम कमाउनु पर्छ

के राम्रो के नराम्रो कसलाई फुर्सद बुझ्ने यहाँ
जे गरेनी वा वा भन्ने भाइ लाम कमाउनु पर्छ

राम्रो लाइ राम्रो भन्ने मन पाउन गारो छ है
चिनिनु छ भने यहाँ भाइ बद्नाम कमाउनु पर्छ

जसले गर्छ जिउ जिउ उही तिम्रो आफ्नो मान्छे
तिम्रै हिड्दा पछि लाग्ने भाइ जाम कमाउनु पर्छ



प्रतिक्रिया दिनुहोस्