काठमाडौं, ६ फागुन । अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालत पुगेका प्रधानमन्त्री केपी शर्मा ओली जवाफ पेश गरेर बाहिरिएका छन् । गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्वप्रधानन्यायाधाीशहरू मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्की तथा पूर्व सभामुख दमननाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । सोही आदेश अनुसार प्रधानमन्त्री लिखित जवाफ लिएर आज आफैं अदालत उपस्थित भएका थिए । उनी जवाफ पेश गरेलगत्तै अदालतबाट बाहिरिएका छन् । प्रधानमन्त्री ओली अदालत आउने भएकाले अदालत परिसरमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा बनाईएको थियो ।