Logo

नेपाल बैंकको एक्स्टेन्सन काउन्टर राष्ट्रिय बीमा कम्पनीमा, कर्मचारीले बिना धितो कर्जा पाउने



काठमाडौ, ६ फागुन । नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर राष्ट्रिय बीमा कम्पनीमा संचालन भएको छ । बीमा कम्पनीका ग्राहकहरुबाट प्राप्त हूने प्रिमियम रकम संकलन गर्ने उदेश्यले नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीले सम्झौता गरेको हो ।

उक्त सम्झौतापछि बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुलाई नेपाल बैंकले सहुलियत दरमा बिना धितो कर्जा पनि उपलब्ध गराउने भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र बीमा कम्पनीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्ली राज अर्यालले हस्ताक्षर गरेका हुन् ।

नेपाल बैंक लिमिटेडले देशभर रहेका २०४ शाखा, ४१ वटा एक्स्टेन्सन काउण्टर, १४३ वटा एटिएम तथा अन्य बिभिन्न बिद्युतियरडिजिलट माध्यमहरुबाट समेत आफ्नो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्