काठमाडौं, ६ फागुन । कुमारी बैंक र धुलिखेलस्थित ३ तारे होटल आगन्तुक रिसोर्टबीच सहकार्य गर्ने सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट बनेपा शाखा प्रबन्धक नवीना वैद्य र आगन्तुक रिसोर्टका कार्यकारी अधिकृत हरिप्रसाद नेपालले हस्ताक्षर गरेका हुन् ।
सहकार्यपछि बैंकका ग्राहकले रिसोर्टका विभिन्न रेस्टुरेन्ट तथा आउटलेटको खानपिनमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यसैगरी बैंकका खातावालले स्वास्थ्य क्लब सदस्यता, कोठा शुल्क, स्विमिङ पुल उपयोगमा समेत १० प्रतिशत छुट पाउने भएका छन् ।
बैंकले देशभर १ सय ९२ शाखा, १ सय ६२ एटीएम, २२ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई वित्तीय सेवा दिँदै आएको छ ।