Logo

टाटा मोटर्सको पाँचौं ग्लोबल सर्भिस क्याम्प सुरु



काठमाडौ, ६ फागुन । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिको फागुन ५ गतेदेखि सुरु भएको पाँचौं ग्लोबल सर्भिस क्याम्प १६ गतेसम्म संचालन हुने भएको छ । तेस्रो चरणको यो क्याम्प हरेक दिन बिहानको ९ः३० देखि साँझ ५ः३० सम्म सिप्रदीले जनाएको छ ।

सिप्रदीको अनुसार टाटाका कमर्सियल गाडीधनीलाई सहजता प्रदान गर्न ग्लोबल सर्भिस क्याम्प आयोजना गरेको हो । २८ मंसिरदेखि सुरु भएको पाँचौं टाटा मोट्र्स ग्लोबल सर्भिस क्याम्पको यो तेस्रो चरणको सर्भिसिङ क्याम्प हो ।

सिप्रदीका कमर्सियल गाडीको ग्राहक सेवा प्रमुख साम्देन छिरिङ लामाको अनुसार ग्लोबल सर्भिस क्याम्प लाभदायी साबित भएको र ग्राहककै आग्रहमा ग्लोबल सर्भिस क्याम्पलाई तेस्रो चरणबाट निरन्तरता दिइरहेको हो । सर्भिस क्याम्पमा अघिल्लो चरणको सर्भिस क्याम्प छुटाएका ग्राहकलाई समेत सहभागी हुन उनले आग्रह गरे । गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने उद्देश्यले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प विश्वभरि ४५ राष्ट्र लगायत नेपालका ४८ विभिन्न स्थानमा सञ्चालन भएको छ ।

यस क्याम्पअन्तर्गत टाटा मोटर्सका सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरमा गाडीको स्वास्थ्य जाँच हुनेछ । यसमा लेबर चार्जमा २५ प्रतिशत छुट, निःशुल्क इन्जिन आयल टपअप, टाटा जेन्युइन स्पेयर पार्ट्समा १० प्रतिशत छुट दिइनेछ । तेस्रो चरण्कोका क्यामको लुब्रिकेन्टस्मा १८ प्रतिशत छुट, टाटा जेन्युइन स्पेयर पार्ट्समा ६ महिने वारेन्टीका साथै निःशुल्क ४७ प्वाइन्ट चेकजाँच, निःशुल्क कम्प्युटर डाइग्नोसिसको व्यवस्था पनि छ । सर्भिस क्याम्पमा सहभागी ग्राहकलाई निःशुल्क २०० रुपैयाँको मोबाइल रिचार्ज जस्ता आकर्षणहरु रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्