Logo

सभामुख सरकारको लाचार छायाँ बनेकको संसद श्रेष्ठको आरोप



काठमाडौं, ६ फागुन । काठमाडौ क्षेत्र नं १ (क ) बाट प्रदेशसभामा निर्वाचित सांसद दिपेन्द्र श्रेष्ठले सभामुख सरकारको लाचार छाँया बनेको आरोप लगाएछन् । प्रदेश सभाको बैठक सभामुखले कसैसँग परामर्श नगरी मनोमानी ढंगले सूचना टाँसेर स्थगित भएकोप्रति असन्तुष्ट जनाउँदै सभामुख सानुकुमार श्रेष्ठमाथि सांसद श्रेष्ठले गम्भीर आरोप लगाएका छन्।

सरकार सत्ता पक्षको र सदन प्रतिपक्षको हुने संसदीय परम्परा भएपनि प्रतिपक्षसँग परामर्श नै नगरी एक्कासी सदन स्थगित गर्नुले सभामुख सरकारको लाचार छाया भनेको पुष्टि हुने उनको तर्क छ । भएको भन्दै आपत्ति जनाएका छन् । सरकारको बिरूद्धमा राखिएको अविश्वासको प्रस्तावको सरकारको अनुकूलतामा असहज भएको परिस्थितिको ढाल बनी प्रतिरक्षामा लागेकोमा सरकारको मतियार भएकोमा दुख प्रकट गर्दै लोकतान्त्रिक अभ्यासलाई गल्हत्याउने गरिएको प्रयास प्रति गम्भीर ध्यानाकर्षण गराउँन चाहन्छु भन्दै सांसद श्रेष्ठले सामाजिक सञ्जाल मार्फत आपत्ति जनाएका छन् ।

ओली समुह निकट मुख्य मन्त्री डोरमणि पौडेल बिरुद्ध प्रचण्ड माधव समुहले अविस्वासको प्रस्ताव पेश गरे पछि त्यसलाई छल्न सभामुखले संसदको बैठक नै सार्दै र टार्दै आएको भन्दै सांसद श्रेष्ठ रुष्ट बनेका हुन् । त्यसले लोकतान्त्रिक प्रक्रियालाई समेत धरापमा पारेको बताउँदै उनले कांग्रेसले लोकतान्त्रिक विधि र प्रक्रियालाई मिच्ने कुरालाई समर्थन गर्न नसक्ने स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्