Logo

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ



काभ्रेपलाञ्चोक, ६ फागुन । विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । वन पैदावार हानी नोक्सानी मुद्दाका फरार प्रतिवादी मण्डनदेउपुर नगरपालिका–१ बस्ने ३५ वर्षीय बिल बहादुर बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

अदालतको २०७२ भदौ २७ गतेको फैसलाले वन पैदावार हानी नोक्सानी मुद्दामा २४ हजार २ सय रुपैयाँ जरिवाना र १ महिना ८ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई अस्थायी प्रहरी पोष्ट अट्टेडाँडाबाट खटिएको प्रहरीले पक्राउ गरेको बताएको छ ।

यसैगरी सवारी दुर्घटनाबाट अंगभंग मुद्दाका फरार प्रतिवादी मण्डनदेउपुर नगरपालिका–२ बस्ने २८ वर्षीय रबिन घिसिङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । अदातलको २०७३ मंसिर २१ गतेको फैसलाले उक्त मुद्दामा १० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई अस्थायी प्रहरी पोष्ट अट्टेडाँडाबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनीहरुलाई कैद तथा जरिवाना बेरुजु फर्छौटको लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot