Logo

सरस्वतीको मूर्ति बिसर्जनको क्रममा प्रहरीलाई दूर्व्यवहार गर्दा…



मोरङ, ६ फागुन । प्रहरीलाई दूर्व्यवहार गरेको अभियोगमा ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरीलाई दूर्व्यवहार गरेको अभियोगमा विराटनगर महानरपालिका–१८ रेलवे स्टेसनबाट सोही ठाउँ बस्ने १९ वर्षीय सन्जिब कुमार यादब समेत ३ जना बुधबार दिउँसो पक्राउ परेका हुन् ।

बिशेष कामले को.२३ प २११६ नम्बरको मोटरसाइकलमा सवार २ जना प्रहरी कर्मचारीहरुलाई स्थानीय केटाहरुले सरस्वतीको मूर्ति बिसर्जन गर्दै गरेको अवस्थामा उक्त मोटरसाइकल रोकी चाबी खोसी कुटपिट गरी दूर्व्यवहार गरेपछि ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot