Logo

तोकिएको मितिमा चुनाव हुन्छ : नेता नेम्वाङ



इलाम, ६ फागुन: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता सुवास नेम्वाङले आगामी आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन् ।

सदरमुकाममा आज आयोजित नेकपा कार्यकर्ता भेटघाटमा उनले निर्वाचन हुनेमा आफू विश्वस्त रहेको बताए ।

“प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन घोषणा गर्ने काम दुई सय प्रतिशत उपयुक्त लागेर गरेका हुन् ” नेता नेम्वाङले भने,“सर्वोच्च अदालतले यस बारेमा अन्तरीम आदेश नदिनु भनेको निर्वाचन सम्बन्धी काम गर्दै गर्नु भनेको हो । यसैले चुनावी कार्यक्रममा जुट्नुपर्छ ।”

संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुने गरेको दाबी उनको थियो ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot