Logo

कामना सेवाको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं, ६ फागुन । कामना सेवा विकास बैंकले निष्कासन तथा बिक्रि खुल्ला गरेको ऋणपत्रमा आवदेन दिने आज अन्तिम दिन हो । बैंकले १ अर्ब बराबरको ऋणपत्र बिक्रि खुल्ला गरेको हो ।

बैंकले माघ २२ गते १ हजार प्रति ऋणपत्रका दरले १० लाख कित्ता निष्कासन भएको ऋणपत्रमा आवेदकहरुले न्युनतम २५ कित्तादेखि २० हजार कित्तासम्म आवेदन दिन बैंकले जनाएको थियो । कुल १० लाख कित्तामध्ये ६ लाख कित्ता व्यक्तिगत तवरबाट र बाकी ४ लाख कित्ता सर्वसाधारणको लागि सार्वजनिक निष्कासन तथा बिक्रिमा राखेको थियो ।

कम्पनी ऋणपत्रको विक्रि तथा प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्रमा माघ २६ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ भएपनि सो अवधिमा माग अनुसार आवेदन नआएकोले फागुन ६ गतेसम्म समय थप गर्ने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्