काठमाडौं, ६ फागुन । नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको प्रस्तावित लाभांश फागुन ६ गतेसम्म कायम भएका शेयर धनीहरुले मात्र पाउने भएका छन् ।
कम्पनीले अघिल्लो वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश शेयरधनीलाइे वितरण गर्ने प्रस्ताव रोखेको थियो । उक्त प्रस्ताव पारित गर्नलाई कम्पनीको फागुन २५ गते साधारण सभा बोलाएको छ ।
सभा प्रयोजनार्थ भोली (शुक्रबार) बाट सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । आजसम्म कायम भएका शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । एनआईसी शिक्षालय हलमा हुने सभा भर्चुअल माध्यमबाट गर्ने तयारी कम्पनीले जनाएको छ ।