काठमाडौं, ६ फागुन । अपांगता संरक्षण नेपाललाई बैंक अफ काठमाण्डुले सेतो छडी सहयोग गरेको छ । बैंकले १ सय ५० वटा सेतो छडी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो । बैकका संचालक प्रा.डा. हेमराज सुवेदीले सेतो छडी अपांगता संरक्षण नेपालका प्रमुख विरोध खतिवडालाई हस्तान्तरण गरेका हुन् । उक्त छडीले दृष्टिविहिनलाई आवाजजावत र दैनिक जीवनयापन गर्न सहज हुने बैंकले विश्वास गरेको जनाएको छ ।
बैंकले सातै प्रदेशमा ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकहरुलाई बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।