उज्जल धमला बिबस : आमाको दबाई सकियो भनेर मैले सोध्दै गर्दा आमाले जवाफ दिनुभयो आजलाई मात्रै छ । यसपालि राम्रो काम होला जस्तो थियो कोरोनाले गर्दा सबै रोकियो । जताततै लकडाउन नै लकडाउन छ । घरमा यस्तो लाठे छोरा भएर पनि हजुरलाई सधैं दुःख भयो है आमा ? भनेर मैले प्रश्न गर्दा आमा तत्काल जवाफ फर्काउनुभयो मैले कहिले दुःख भयो भनेर बाबु ? अनि मैले आमालाई भनेँ सुख भयो भनेर पनि हजुरले भन्नू भएको छैन नी ? यी र यस्तै कुराले मलाई यत्तिकैमा फेरि केही सोच्न बाध्य बनायो ।
मान्छे जीवनमा एकपटक मात्र जन्मिन्छ, या प्रत्येक वर्ष ?स्मरण मात्र गर्छ । जीवन एउटा मात्र खण्ड हो, या खण्ड, खण्ड हो ? फेरि अर्को एक बर्ष सकियो,अझ भनौँ अहिलेसम्म बाँचेको एक जीवन सकियो । हिजो मात्र मैले आजबाट त्यत्ति सपना कहाँ पो साँट्न सक्छु र ? त्यहीँ हाँसो कहाँ हाँस्न पाँउछु र ? थाहा भएजस्तो गरि थाहा नभएजस्तो गरि केही अधुरा माया भएको जस्तो गरि फेरि मेरो आमालाई केही गरेर गर्न नसकेको जस्तो लाग्छ । केही कुरा बित्नु,हराउनु,वा त्यही पहिलाको अबस्थामा जस्तो आफू आउन नसक्नु मनमा धेरै कुरा लिएर धेरै कुरा भताभुङ्ग छोडेर रहर नै रहर मा रमेको म यो बर्ष भएका केही कुरा आकांक्षाहरु पूरा गर्न सकुँ,अझ मेरी आमालाई खुसी बनाउन सकुँ ।