Logo

नागरिकता बोकेर पेरिसडाँडामा पुगेका नेकपा प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्यहरुको आकस्मिक बैठक



काठमाडौं, ७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका केन्द्रीय कमिटीका सदस्यहरु नागरिकता बोकेर पेरिसडाँडामा पुगेका छन् । त्यहाँ उनीहरुको आकस्मिक बैठक शुरु भएको छ ।

यसअघि नेकपाको उक्त समूहले केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन भनेको थियो । उनीहरुको नागरिकता र हस्ताक्षर सहित निर्वाचन आयोग जाने कार्यक्रम तय भएको थियो ।

बैठकपछि प्रचण्ड–माधव समूह आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने तय भएको थियो । नेकपा विभाजनपछि ओली र प्रचण्ड माधव समूहले आधिकारिकताको दाबी गर्दै आएको छ । तर, निर्वाचन आयोगले अझै निर्णय दिएको छैन ।

यो समूहले आफूसँग बहुमत केन्द्रीय कमिटी सदस्य भएकाले आधिकारिताको दाबी गर्दै आएको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्